चलचित्र ‘लभ डायरीज’को टिजर

मनोरञ्जन

काठमाडौं

प्रेम दिवसको अवसर पारी फागुन २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लभ डायरीज’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेता सुशिल श्रेष्ठ र नव–अभिनेत्री रुविना थापालाई स्थान दीएको छ।

सौरभ चौधरीले निर्देशन रहको चलचित्रमा मधु बास्तोलाको कथा तथा पटकथा छ। विनोद सापकोटाको यसमा लगानी रहेको छ। साहिल खान सह–निर्देशक रहेको यो चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलको संगीत छ।

सुशिल र रुविनाका अलावा चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ।