उपसभामुखले राजिनामा दिने र सभामुख नेकपाबाटै हुने – नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

राजनीति समाचार

नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया शुरु गर्ने कुरा को जानकारी दिनु भयो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अब पनि सूचना टाँस गरेर संसद बैठक स्थगित हुने वातावरण नहुने विश्वास व्यक्त गर्नुभयो ।

उपसभामुखले राजिनामा दिने र सभामुख नेकपाबाटै हुने उहाँले बताउनुभयो । सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उहाँको भनाइ थियो ।

आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका बारेमा सचिवालयको बैठकमा छलफल भएको बताउँदै राष्ट्रहित र स्वाधीनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँडै उचित निर्णय लिने बताउनुभयो ।सभार: गोरखापत्र


Leave a Reply

Your email address will not be published. Required fields are marked *