शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने अदालत द्वारा निर्दोष ठहर

समाचार

जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेलाई अदालतले निर्दोष ठहर गरेको छ ।

न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर भएको थियो।

आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने पत्रकार युवराज काडेल र रुकु भनिने अस्मिता कार्कीलाई पुडासैनीका आफन्तजनले मुद्दा दायर गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *