बच्चा जन्माउनकै लागि अमेरिका जान चाहनेहरुको भिजा आवेदन रद्द हुनेछ

अन्तर्राष्ट्रिय समाचार
  • 2
    Shares

एजेन्सी

हालै अमेरिका ले आफ्नो देसमा प्रवेशका लागि भिजा सम्बन्धी नयाँ नियम लागुगरेकोछ । जानकारीका अनुशार अमेरिकामा अब गर्भवती महिलाहरुलाई आफ्नो देशमा अौन रोख्नका लागी नया नियम ल्याएकोहो

चली अाएको प्रचलन अनुशार अमेरिकामै जन्मिएका विदेशी आमाका शिशुलाई स्वतः अमेरिकी नागरिकता दिने नियम थियो । जारी भएको नयाँ नियम अनुसार अब बच्चा जन्माउनकै लागि अमेरिका जान चाहनेहरुको भिजा आवेदन रद्द हुनेछ ।

यदी स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गर्ने अन्य विदेशी सरह गर्भवती महिलाका लागि पनि उपचार खर्च, यातायात र बसोबास खर्चको प्रमाण खोजिनेछ । साथै भिजा आवेदन गर्दा अस्पताल र चिकित्सकसँग गरिएका सम्झौता देखाइएको खण्डमा उनीहरुको नियत असल रहेको ठहर अध्यागमनले गर्नेछ ।
यस्तो अध्यागमन नियमले दुरुपयोग रोक्ने र अमेरिकालाई राष्ट्रिय सुरक्षाको चेतावनीबाट रोक्ने काम गर्ने अपेक्षा राखिएको छ । यस्तो नियम ह्वाइट हाउसले अमेरिकी करदाताहरुको पक्षमा रहेको जनाएको छ । साथै अमेरिकी नागरिकको निष्ठाको संरक्षण गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।अन्नपुर्ण पोस्ट


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *