‘हामी कसैको सैन्य गठबन्धनमा सामेल हुँदैनौं। सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ’ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा

राजनीति समाचार
  • 11
    Shares

काठमान्डौ

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एमसीसी कुनै सैन्य गठबन्धनसँग नजोडिएको बताएका छन्।सञ्चार मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसीसी संसद्को पूर्ण बैठकबाट छिट्टै पारित हुने बताए।

उनले एमसीसीमा सैन्य गठबन्धन जोडिएको छ भनेर ‘स्याल हुइयाँ’ गर्न आवश्यक नरहेको भनाइ राखे। ‘हामी कसैको सैन्य गठबन्धनमा सामेल हुँदैनौं। सरकार राष्ट्रिय हित र स्वार्थमा केन्द्रित छ’, उनले भने, ‘हाम्रोमा विद्युत् उत्पादन अब धेरै हुन्छ । बजार विस्तारका लागि भारतसँग स्वीकृत लिएका छौं।’

एमसीसी सैन्य गतिविधिसँग सम्बन्धित भए त्यो बुदा खुलाउनसमेत मन्त्री बाँस्कोटाले चुनौती दिए। नेकपा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लिखित अमेरिकाको इन्डो प्यासिफिक रणनीति चीनलाई घेर्ने उद्देश्य भन्ने लाइनमा सरकारको असहमति रहेको उनले बताए।
‘नेकपाभित्र थुप्रै विचार छन्। पार्टीमा विभिन्न विचार आउन पनि सक्छन् तर हामीलाई कुनै शक्ति राष्ट्रको गठबन्धनसँग चासो छैन’, उनले भने।


  • 11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *