बागी-३ मा एकशन र थ्रिलर, अब्बल टाईगर

मनोरञ्जन

एजेन्शी

बलिवुडका कलाकारहरुका छोरा-छोरीहरु पनि बलिबुड चलचित्रमा काम गर्ने चलन धेरै समय देखि चल्दै आईरहेको त सबै लाई थाहानै छ। कोही ले बलिवुडमा राम्रो छाप छोडन सफल् भए कसैले बलिवुड लाई सधैका लागी अलबिदा भनेर हराए।

त्यस्तै बलिवुडका चर्चित कलाकारका रुपमा टाईगर श्रापले आफ्नो अलगै छाप छोडन सफल भएकाछन। केही समय अघी मात्र रितिक रोशन र टाईगर श्राफ अभिनित चलचित्र “वार” ले ठुलो सफलता हाथ पार्न सफल भएको थियो।

तिनै टाईगर को निकै नै लोकप्रिय चल्चित्र सिरिज बागीले बिभिन्न समयमा बलिवुडमा निकै चर्चा बटुल्न सफल भएकोछ। हाल आएर सोही बागी चलचित्रको तेस्रो सिरिजको ट्रेलर रिलिज गरिएको छ। हो हामी कुरा गर्दैछौ बागी-३ को

 

आज मात्र बागी-३ को ट्रेलर रिलिज गरिएको छ। उक्त चलचित्रमा टाईगर संग रितेश देशमुख र साथमा श्रद्दा कपुरको पनि अभिनय रहेको छ। चलचित्रको ट्रेलरमा देखाईे अनुशार चलचित्रमा भरपुर मात्रामा एकशन र थ्रिलर रहेको छ।

चलचित्रको टेक्निकल् पक्षको कुरा गर्दा यस चलचित्रको निर्माण साजिद नाडियाडवालाले गरेका छन। निर्देशन पक्ष अहमद खानले सम्हालेका छन। चलचित्र ६ मार्चमा रिलिजमा हुन गइरहेको छ।

ट्रेलर तलको लिन्कमा हेर्नुहोस