चर्चित नायक किर्क डगलसको १०६ वर्षमा निधन

मनोरञ्जन

एजेन्सी

स्पार्टकस चलचित्रका नायक किर्क डगलस १०६ को उमेरमा दिवगंत भएको छ । संसारको सबैभन्दा पहिला इटालीको रोम राज्यमा मालिकविरुद्ध दासहरुले विद्रोह गरेको उपन्यासमा आधारित स्पार्टकस चलचित्रका नायक डगलसले ओस्कार पुरस्कार पाएका थिए ।

डगलसका छोरा माइकल डगलसले जारी गरेको विज्ञप्तिमा स्पार्टकस चलचित्रका नायक किर्क डगलस एकसय तीनवर्षको उमेरमा दिवगंत भएको उल्लेख गरेका छन ।

’विश्वको लागि उहाँ एकजना ‘लिजेन्ड’ हुनुहुन्छ भने म र मेरा दाजुभाइका लागि … उहाँ सामान्य पिता हो । मालिकहरुको ज्यादती रोक्दै विश्वमा शान्ति, समानता ल्याउने प्रयत्न गरिएको उक्त घटनामा आधारित रहेको चलचित्रले युगौंसम्म आफ्नो छाप छोड्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।