नेपाल भूपरिवेष्टित देश भए पनि मुलुक जलमार्गसँग जोडिने र चाँडै नै यहाँका ठूला नदीहरुमा राष्ट्रिय ध्वजावाहक जहाज चल्ने – प्रधानमन्त्री केपी शर्मा ओली

राजनीति समाचार
  • 36
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित देश भए पनि मुलुक जलमार्गसँग जोडिने र चाँडै नै यहाँका ठूला नदीहरुमा राष्ट्रिय ध्वजावाहक जहाज चल्ने उल्लेख गर्नुभयो । मोटरबोट जीवनको रमाइलोका लागि मात्र नभई पर्यटन विकासको आधारसमेत भएको प्रधानमन्त्रीको भनाइ थियो ।

मुलुकको आर्थिक समृद्धिका लागि भारत र चीनसँगको सम्पर्क सञ्जाल महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी भारतसँग ‘मल्टिमोडल कनेक्टिभिटी’ र चीनसँग सीमापार बहुआयामिक विकासको सञ्जालमा जोडिन चाहन्छौैँ ।” प्रधानमन्त्री ओलीले जोडिन लागेको रेल्वे लाइनले हाम्रो छिमेकीसँग जोड्ने मात्र नभई नेपालको यातायात र ढुवानीको व्यवस्थामा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

चाँडै नै भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने जानकारी दिँदै उहाँले यसबाट हवाई सञ्जालमा ‘गेम चेन्जर’ बन्ने बताउनुभयो । सीमापार प्रशारण लाइनलाई नेपालले प्राथमिकता दिएको प्रधानमन्त्रीको भनाइ थियो । राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको उहाँले बताउनुभयो । भेरी डाइभर्सन परियोजनामा प्रविधियुक्त उच्चस्तरीय सुरुङमार्ग निर्माण हुनु मुलुकको सामथ्र्यको राम्रो परीक्षण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पनि छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

[visual-link-preview encoded=”eyJ0eXBlIjoiZXh0ZXJuYWwiLCJwb3N0IjowLCJwb3N0X2xhYmVsIjoiIiwidXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS8yMDIwLzAyLzA4LzQ1MTE2LyIsImltYWdlX2lkIjotMSwiaW1hZ2VfdXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS93cC1jb250ZW50L3VwbG9hZHMvMjAyMC8wMi9wcmFtYW4uanBnIiwidGl0bGUiOiLgpLXgpYHgpLngpL7gpKjgpK7gpL4g4KSw4KS54KWH4KSV4KS+IOCkteCkv+CkpuCljeCkr+CkvuCksOCljeCkpeClgOCkleCkviDgpIXgpK3gpL/gpK3gpL7gpLXgpJXgpLLgpYcg4KSb4KWL4KSw4KS+4KSb4KWL4KSw4KWA4KSy4KS+4KSIIOCkieCkpuCljeCkp+CkvuCksCDgpJfgpLDgpY3gpKgg4KS44KSw4KSV4KS+4KSw4KSy4KS+4KSIIOCkpuCkrOCkvuCkrCAtIiwic3VtbWFyeSI6IuCkquCksOCksOCkvuCkt+CljeCkn+CljeCksOCkruCkqOCljeCkpOCljeCksOClgCDgpKrgpY3gpLDgpKbgpYDgpKog4KSc4KWN4KSe4KS14KS+4KSy4KWA4KSy4KWHIOCkteCkv+CktuCljeCktSDgpLjgpY3gpLXgpL7gpLjgpY3gpKXgpY3gpK8g4KS44KSC4KSX4KSg4KSoICjgpKHgpKzgpY3gpLLgpYLgpI/gpJrgpJMp4KSV4KWLIOCkruCkvuCkquCkpuCko+CljeCkoSDgpKrgpYLgpLDgpL4g4KSo4KSt4KSP4KSV4KS+IOCkleCkvuCksOCkoyDgpLXgpYHgpLngpL7gpKjgpK7gpL4g4KSw4KS54KWH4KSV4KS+IOCkqOClh+CkquCkvuCksuClgOCkueCksOClgeCkleCliyDgpIngpKbgpY3gpKfgpL7gpLDgpK7gpL4g4KSi4KS/4KSy4KS+4KSHIOCkreCkh+CksOCkueClh+CkleCliyDgpLjgpY3gpLXgpYDgpJXgpL7gpLAg4KSX4KSw4KWH4KSV4KS+IOCkm+CkqOCljSDgpaQg4KS14KWB4KS54KS+4KSo4KSu4KS+IOCksOCkueClh+CkleCkviDgpLXgpL/gpKbgpY3gpK/gpL7gpLDgpY3gpKXgpYDgpJXgpL4g4KSF4KSt4KS/4KSt4KS+4KS14KSV4KSy4KWHIOCkm+Cli+CksOCkvuCkm+Cli+CksOClgOCksuCkvuCkiCDgpIngpKbgpY3gpKfgpL7gpLAg4KSX4KSw4KWN4KSoIOCkuOCksOCkleCkvuCksOCksuCkvuCkiCDgpKbgpKzgpL7gpKwg4KSm4KS/4KSH4KSw4KS54KWH4KSV4KS+IOCkm+CkqOCljSDgpaQg4KSs4KS/4KS54KWA4KSs4KS+4KSwIOCkuOCljeCkteCkvuCkuOCljeCkpeCljeCkryDgpK7gpKjgpY3gpKTgpY3gpLDgpL7gpLLgpK/gpK7gpL4g4KSn4KSw4KWN4KSo4KS+IOCkpuCkv+Ckj+CkleCkviDgpIngpKjgpYDgpLngpLDgpYHigKYiLCJ0ZW1wbGF0ZSI6InVzZV9kZWZhdWx0X2Zyb21fc2V0dGluZ3MifQ==”]

प्रधानमन्त्री ओलीले विश्व परिवेशमा आफ्नो कुरा व्यक्त गर्ने मञ्चका रुपमा नेपालले चैतमा ‘सगरमाथा संवाद’ राखेको र पहिलो सगरमाथा संवादले समसामयिक मुद्दामा बहस गर्न पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संवादले जलवायु परिवर्तनको असर न्यून गर्न विश्वभरका राजनीतिक नेतृत्व, नीतिनिर्माता, रणनीति निर्माणकर्ता, बौद्धिक वर्ग, सञ्चारकर्मी र अभियन्तालाई एकै थलोमा जम्मा गर्नेछ ।” उहाँले विगतमा भएका विभिन्न देशको उच्चस्तरीय भ्रमणहरुले ती देशसँगको सम्बन्ध विस्तार गर्दै बहुपक्षीय क्षेत्रमा सहकार्यको वातावरण निर्माण गरेको दाबी गर्नुभयो । “हाम्रो देश ज्ञान र आइडियाको धनी छ, प्राकृतिक र सांस्कृतिक स्रोतको पनि धनी छ, विकासका लागि सम्भावनाको प्रचुरता छ, सरकार देशको आवश्यकतानुसार ऊर्जामयी साझेदारीको अवधारणाअनुसार अघि बढिरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० ले पर्यटन क्षेत्रलाई बढावा दिने र पर्यटकको सङ्ख्या बढाउने मात्र नभई पर्यटन क्षेत्रको दायरा फराकिलो पार्दै भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने उहाँले बताउनुभयो । ‘ब्रेन गेन’ सेन्टरमार्फत विदेशमा रहेका गैरआवासीय नेपालीको ज्ञान र सीप नेपालको सामाजिक आर्थिक विकासमा प्रयोग गर्न परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेको भन्दै उहाँले सरकारले ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा परिवर्तन गर्न महत्वाकाङ्क्षी योजना अघि सारेको बताउनुभयो ।

[visual-link-preview encoded=”eyJ0eXBlIjoiZXh0ZXJuYWwiLCJwb3N0IjowLCJwb3N0X2xhYmVsIjoiIiwidXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS8yMDIwLzAyLzA4LzQ1MTAyLyIsImltYWdlX2lkIjotMSwiaW1hZ2VfdXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS93cC1jb250ZW50L3VwbG9hZHMvMjAyMC8wMi9yaWthcmRhLmpwZyIsInRpdGxlIjoi4KSP4KSV4KSc4KSo4KS+IOCkqOClh+CkquCkvuCksuClgCDgpLLgpYcg4KSr4KWH4KSw4KWAIOCkteCkv+CktuCljeCktSDgpJXgpL/gpLDgpY3gpKTgpL/gpK7gpL7gpKgg4KSs4KSo4KS+4KSJ4KSoIOCkuOCkq+Cksiwg4KSq4KSi4KSo4KWB4KS54KWL4KS4IC0iLCJzdW1tYXJ5Ijoi4KSG4KScIOCkq+Clh+CksOClgCDgpI/gpJXgpJzgpKjgpL4g4KSo4KWH4KSq4KS+4KSy4KWAIOCksuClhyDgpLXgpL/gpLbgpY3gpLUg4KSV4KS/4KSw4KWN4KSk4KS/4KSu4KS+4KSoIOCkrOCkqOCkvuCkieCkqCDgpLjgpKvgpLIg4KSt4KSP4KSV4KS+4KSb4KSo4KWkIOCkleCkvuCksuClgOCkleCli+Ckn+CkleCkviDgpLXgpL/gpJzgpK8g4KS24KS+4KS54KWA4KSy4KWHIOCkruClh+CkruCli+CksOClgCDgpJXgpL/gpJkg4KS14KS/4KSn4KS+4KSu4KS+IOCkteCkv+CktuCljeCktSDgpLDgpYfgpJXgpLDgpY3gpKEg4KSV4KS+4KSv4KSuIOCkl+CksOCljeCkqOClgeCkreCkj+CkleCliyDgpJsg4KWkIOCktuCkvuCkueClgOCksuClhyDgpI/gpJUg4KSu4KS/4KSo4KWH4KSf4KSu4KS+IOCkheCkl+CkvuCkoeCkvyDgpLAg4KSq4KSb4KS+4KSh4KS/4KSs4KS+4KSfIOClreClpiDgpLbgpKzgpY3gpKYg4KS44KSu4KWN4KSd4KS/4KSP4KSwIOCkreCkqOClh+CkquCkm+CkvyDgpK3gpL7gpLDgpKTgpJXgpL4g4KSq4KWN4KSw4KSk4KS/4KSv4KWL4KSX4KWA4KSy4KS+4KSIIOCkquCkm+CkvyDgpKrgpL7gpLDgpY3gpKbgpYgg4KS14KS/4KS24KWN4KS1IOCksOClh+CkleCksOCljeCkoSDgpLDgpL7gpJbgpY3gpKgg4KS44KSr4KSyIOCkueClgeCkqOClgeCkreCkj+CkleCliyDgpLngpYsg4KWkIOCkr+CkuOCkreCkqOCljeCkpuCkviDgpIXgpJfgpL7gpKHgpL/gpJXgpL4g4KS14KS/4KS24KWN4KS1IOCksOClh+CkleCksOCljeCkoeCkp+CkvuCksOClgCDgpIXgpLDgpY3gpKrgpKMg4KS24KSw4KWN4KSu4KS+4oCmIiwidGVtcGxhdGUiOiJ1c2VfZGVmYXVsdF9mcm9tX3NldHRpbmdzIn0=”]

नेपालले अन्तर्राष्ट्रिय ऋण बहन गर्न सक्ने अवस्थामा नरहेकाले सहकार्यात्मक ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओलीको धारणा थियो । प्रधानमन्त्री ओलीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा अघि सारेको उल्लेख गर्दै समृद्ध समाज भनेको सभ्य र सकारात्मक सोचमार्फत सद्भावपूर्ण र सहअस्तित्वको सुसंस्कृति समाज निर्माण गर्नु हो भन्नुभयो । “विगतमा हाम्रो ध्यान परिणाम र सेवा दिने विषयमा केन्द्रित रह्यो, आर्थिक नीति उत्प्रेरित गर्ने खालको बनाएका छौँ, विगत तीन वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिदर रह्यो, राष्ट्रिय आयको बढ्दो स्तरले पूँजी परिचालनको आधार खडा गरेको छ”, प्रधानमन्त्रीले थप्नुभयो ।

भूकम्पपछिको निजी आवास, सम्पदा क्षेत्रको पुनःनिर्माण कार्य गहन तरिकाले अघि बढेको उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न आफू सधैँ तत्पर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले १७५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेर राष्ट्रिय प्रतिबद्धताको मूल्यलाई बढाएको दाबी गर्नुभयो ।गोरखापत्र


  • 36
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *