सन्दीपको घातक बलिंग , अमेरिका ३५ रनमा अलआउट

खेलकुद

काठमाडौं

नेपाली स्पीनका अगाडि टिक्न नसकेपछि अमेरिका काठमाडौंमा जारी आइसीसी विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा ३५ रनमै अलआउट भएको छ।

नेपालक दुई स्पीनर सन्दीप लामिछाने र सुशान भारीले घातक बलिंग गरेका छन्। खेलको दोस्रो ओभरमै पहिलो विकेट लिएका सन्दीपले कुल ६ विकेट लिए। उनले ६ ओभरमा कए मेडनसहित १६ रन दिएर ६ विकेट लिएका हुन्।

यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो ।

सन्दीपलाई अर्का स्पीनर सुशान भारीलेअर्को इण्डबाट राम्रो साथ दिए। उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका थिए। उनले कुल ४ विकेट लिएर भारीको पनि यो ओडीआइ करिअरकै सबैभन्दा राम्रो प्रदर्शन हो। उनले ३ ओभरमा १ मेडनसहित ५ रन दिएर ४ विकेट लिए।अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।