एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान बनाउँदै नेपालले अमेरिकालाई हरायो

खेलकुद
  • 33
    Shares

काठमाडौं 

स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको छ र, आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पारेको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको हो ।

अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको नेपालले विजय लक्ष्य दुई विकेट गुमाएर हात पार्‍यो।

दिपेन्द्रसिंह ऐरीले छक्का प्रहार गर्दै नेपाललाई लीगमा दोस्रो जित दिलाए। ३६ रनको लक्ष्य पाएको नेपालको शुरुआत भने राम्रो हुन सकेन। कप्तान ज्ञानेन्द्र मल्ल र सुवाष खकुरेल २ रन जोडदा आउट भए। दिपेन्द्रसिंह ऐरीले ११ बलमा १५ र पारस खड्काले १२ बलमा २० रन नटआउट बनाए।

यस अघित्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि  अमेरिकाका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बााकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए । सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए ।

विश्वकप कप लीग – २ मा नेपालको यो दोस्रो जित हो। दुबै जित नेपालले अविश्वकप लीग – २ मा नेपालको यो दोस्रो जित हो। दुबै जित नेपालले अमेरिकामाथि पाएको हो।


  • 33
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *