चलचित्र ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’

मनोरञ्जन
  • 34
    Shares

काठमान्डौ

शिवहरि पौडेल निर्देशित चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समावेश ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । गीतमा बाबुल र जुना रिजाल काफ्लेको स्‍वर सुन्न सकिन्छ । गितको भिडियोमा चलचित्रका मुख्य कलाकार दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीलाई फिचर गरिएको छ। जहाँ दिलिप र प्रियंकाको जोडी बाँधिएको छ भने सलोन र वर्षा जोडी बनेका छन् ।

भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।चलचित्रलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद पनि शिवहरी आफैँले तयार गरेका हुन् । चलचित्रमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतको अभिनय रहेको छ।


  • 34
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *