हाम्रो आखा बाट त आशु रोकिएनन, तर सक्भर तपाई नरुनु होला, ठाडी भाका, झुप्री भन्डारी[भिडिओ]

मनोरञ्जन

आज धेरै लामो समय पछी युटुबमा एस्तो भिडिओ लाई सार्बजनिक गरियो जसलाई हेरेर र सुनेपछी हम्रो आखा हरु रसाउन बाट चुकेनन, आखिर गित को भिडिओ मा र गायक को आवाज मा एस्तो पिडा लुकेकोछ की मन लाई थाम्न सकिएन। याहा सम्म कि अहिले यो लेख लेखदा खेरी पनी आखा हरु रसाएकाछन र मन भारी भरी महशुस भएकोछ।

आज सडक मिडिया को आधिकारिक युटुब च्यानल मा एस्तो भिडिओ लाई सार्बजनिक गरिएयो जस्ले यो कुरा साबित गर्योकी भगवान दिन दुखी, गरिब को हृदय मा पक्कै पनी बस्ने गर्दछन। हो हामी तपाई सबै माझ सुदर पस्छिम नेपाल की एस्ती कलाकार लाई प्रस्तुत गर्न गयीरहेकाछौ जस्को नाम भन्द पनी उन्को कर्णप्रिय आवाज नै प्रयाप्त छ। हो हामी कुरा गर्दैछौ गायिका झुप्री भन्डारी को जस्ले ठाडी भाका लाई एस्तो रुपमा प्रस्तुत गरेकीछिन कि श्रोता हरु उन्को आवाज सुनेर मनमुग्ध हुन्छन।

“सम्झी रुना रुना” बोल को गित मा झुप्री भन्डारी को आवाज रहेकोछ भने भिडिओ मा पनी उन्को बास्तबिक जिबन का दुक्ख हरुलाई चित्रण गरिएकोछ। गित मा झुप्री सङै उन्का अामा बुवा बलराम भण्डारी र नामसरा भण्डारी लाई पनी चित्रण गरिएकोछ।

गित को टेक्निकल पक्ष को कुरा गर्दा भिडिओ गित को निर्देशन कमल संघर्ष र वरुण रिजाल ले गरेकाछन भने गित को रचना झुप्री भण्डारी र कमल संघर्ष ले गरेकाछन। गित मा लय पाण्डव बिष्ट को रहेकोछ। आज मात्र सार्बजनिक गरिएको भिडिओ लाई एकै दिनमा १७०,४८५ दर्शक हरुले हेरि सकेकाछन। कृपया कलाकार को प्रोहत्शान का लागी धेरै भन्दा धेरै सेयेर गरिदिनु हुन अनुरोध छ।

उक्त गित को सब्द हरु एस्तो रहेकोछ:::

दिन मलाई बर्षदिन जति, सम्झि रुना रुना
आमाले मारिनन् किन? मलाई हुना हुना

संसार देख्ने आँखा छैनन् , के गरेर गरेर खाउँला
पालिकन दु:ख भया, आमा म काँ जाउँला ?

क्या नौलो क्या फाटो मलाई, लत्ता फेरु भन्या
मन त छियो आँखा छैनन्, संसार हेरु भन्या

गाई बसी वृषका सेल, भैसी बसी खाल
कि मनले सोचेको पुर्या, कि त लैजा काल

साथका अफिस जान्छन्, कागज पत्र बोकी
दिन अन्यारै रात अन्यारै , मैकि मात्रै होकी?

खानु त भाग्यमै छैन, मर्नु पानी नपाई
आमाले मार्दिनु पर्ने, दुधै नलाई मलाई

दुखको समुन्द्र भयाँ आँशुको मुल भयाँ
खडगयो बालीबैँस , झरेकाे फुल भयाँ

==== नेपालीमा====
दिन पनि वर्षदिन लाग्छ, सम्झेर रुँदारुँदै
किन मारेनौ आमा मलाई ? जन्मिदा जन्मिदै

संसार देख्ने आँखा छैनन्, के गरेर खाउँला?
पाल्यौ र पनि दुख भयो, आमा म कहाँ जाउला ?

के नयाँ ? के पुरानाे मलाई, लुगा फेरौँ भने
मन त थियो आँखा छैनन् , संसार हेराैँ भने

गाई बस्यो रुखको सितलमा, भैसी बस्यो आहाल
कि मनले सोचेको पुर्याइदे, कि त लैजा काल

संगैका साथी अफिस जान्छन् , कागजपत्र बोकी
दिन अँध्यारै, रात अँध्यारै , मलाई मात्र हाे कि ?

खान त भाग्यमै छैन, मर्नुछ पानी नपाई
आमाले मार्दिनु पर्ने, मलाई दुधमै नलाई

दुखको समुन्द्र भएँ, आँशुको मूल भएँ
खेर गयो बैँस जाेवन्, झरेको फुल भएँ ।

भिडिओ तलको लिन्क मा हेर्नुहोस