बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणका नया मोड,तत्कालिन प्रधानमन्त्री माधवकु मार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

राजनीति समाचार

काठमान्डौ

बर्तमान समयमा नेपाली राजनिति मा उथलपुथल गरिरहेको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणका नया मोड आएकोछ जस्मा चर्चित वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो तर दुई पुर्ब प्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई भने मुद्दा चलाईेको थिएन र उक्त मुद्दा दायर नभएपछि सर्वोच्चमा अधिवक्ता बालकृष्ण नेउपाने द्वारा रिट गरिएको छ।