अस्पताल भर्ना भएका तीनजनामा कोरोना भाइरस नभएको पुष्टि

समाचार
  • 31
    Shares

काठमाडौं

कोरोना भाइरसको संक्रमण रहेको आशंकामा भर्ना भएका तीन जना नेपालीमा भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । बुधबार भर्ना भएका तीनैजनाको स्वास्थ्य परीक्षण प्रतिवेदन नकारात्मक आएपछि तीनैजना घर फर्किएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका निर्देशक डा। बासुदेव पाण्डेले स्वास्थ्य परीक्षणमा नकारात्मक आएपछि तीनैजना बिहिबार नै घर फर्केको जानकारी दिए । चीनबाट फर्केका तीनैजनामा कोरोना भाइरसको संक्रमण रहेको आशंकामा अस्पताल भर्ना गरिएको थियो ।

निर्देशक डा. पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमण रहेको आशंकामा हालसम्म १८ जनाको स्वास्थ्य परीक्षण गरिएको खुलाए। एकजना चिनियाँ नागरिकको स्वास्थ्य प्रतिवेदनमा भाइरसको संक्रमण रहेको पुष्टि भएपनि १७ जनाको प्रतिवेदन नकारात्मक आएको अस्पतालले जनाएको छ ।

ट्रपिकल अस्पतालको आइसोलेशन वार्ड अहिले शुन्य अवस्थामा छन् । निर्देशक डा. पाण्डेले अस्पतालको आइसोलेशन वार्डमा कोरोना भाइरसको संक्रमणको आशंका वा संक्रमित ब्यक्ति एकजना पनि नरहेको बताए ।


  • 31
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *