क्रिकेटर कपिल देव र रोमी देवको लुकमा रणवीर र दीपिकाको गेटअप

मनोरञ्जन

एजेन्सि

नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण चलचित्र ‘८३’मा एकसाथ देखिदैछन् । यो चलचित्र क्रिकेटरको कथामा आधारित छ । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् ।

यस्तै, नायिका दीपिका पादुकोणले चलचित्रमा कपिल देवकी श्रीमती रोमी देवको भूमिका निर्वाहा गरेकी छिन् । यसैविच, चलचित्र रिलिज हुन करिब डेढ महिना बाँकी रहँदा यसको निर्माणपक्षले रणवीर र दीपिकाको लुक्स सार्वजनिक गरेको छ ।

निर्देशक कविर खानले पनि यो भूमिकाका लागि आफूले दीपिकालाई नै सोचेको बताएका छन् । यो चलचित्र अप्रिल १० मा विश्वभर रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *