चीनबाट फर्केका १७५ जनामा कोरोनाभाइरस नभएको पुष्टि

समाचार

 काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको हुवेइ प्रान्तबाट नेपाल ल्याइेका १७५ जनामध्ये कसैमा कोरोना भाइरसको संक्रमण फेला नपरेको प्रष्ट्याइेको छ ।

मन्त्रालयले वुहानबाट फर्किएकाहरुमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न आइतबार घाँटीको ‘स्वाब’को नमूना लिएको थियो । मन्त्रालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नमूना लीएको सबैको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कोरोना भाइरसको संक्रमण नकारात्मक देखिएको जनाएको छ ।

वुहानबाट फर्किएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणको प्रतिवेदन बमोजिम वुहानबाट बिहान फर्किएकामध्ये कसैकोमा संक्रमणको पुष्टि नभएको बताए ।

नेपाल सरकारले चीनको हुवेइ प्रान्तस्थित विभिन्न ११ शहरमा अध्ययन तथा अन्य कार्य गरी बसोबास गर्ने नेपालीलाई नेपाल वायु सेवा निगमको जहाजबाट अैतबार बिहान काठमाडौं ल्याएको थियो ।

चीनबाट नेपाल फर्किएकाहरुमा १३५ जना पुरुष, ४० जना महिला रहेका छन । प्रवक्ता श्रेष्ठले संक्रमणको पुष्टि नभएपनि फागुन १९ गते पुनः परीक्षण गरी सबैलाई डिस्चार्ज गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *