दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि, नेपाली कामदार पठाउन तत्कालका लागि रोक्का

समाचार

बिश्व भरी बर्तमान समयमा कोरोना भाईरस को संक्रमण ले गर्दा त्रास को बाताबरण रहेको बेला वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा नयाँ नेपाली कामदार पठाउन तत्कालका लागि रोकेको छ । दक्षिण कोरियाका दुई सहरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि विभागले नयाँ कामदार पठाउन तत्काल रोक लगाएको हो ।

‘कोरिया सरकारकै समन्वयमा नयाँ कामदारको उडान राखिएको छैन। अहिले हामी पर्ख र हेरको अवस्थामा छौं,’ विभागको कोरिया शाखा प्रमुख कृष्ण खनालले कान्तिपुरलाई भने। उनले फागुन १८ का लागि तय गरिएको उडान तालिका प्रभावित हुन सक्ने बताए। ‘फागुन १८ गते ४० जना कामदारको प्रस्तावित उडान छ। यसलाई कोरियाको मानव संसाधन विभागले स्वीकृत गरिसकेको छैन,’ उनले भने, ‘अब कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको अवस्था कस्तो हुन्छ। त्यसमा भर पर्छ।’

[visual-link-preview encoded=”eyJ0eXBlIjoiZXh0ZXJuYWwiLCJwb3N0IjowLCJwb3N0X2xhYmVsIjoiIiwidXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS8yMDIwLzAyLzI0LzQ1OTk5LyIsImltYWdlX2lkIjotMSwiaW1hZ2VfdXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS93cC1jb250ZW50L3VwbG9hZHMvMjAyMC8wMi9ib3hpbmcuanBnIiwidGl0bGUiOiLgpIXgpILgpK7gpYfgpLDgpL/gpJXgpL4g4KSV4KS+IOCkoeCkv+Ckr+Cli+CkqOCljeCkn+ClhyDgpLXgpL7gpIjgpLLgpY3gpKHgpLAg4KSy4KS+4KSIIOCkueCksOCkvuCkieCkpuCliCDgpKzgpYfgpLLgpL7gpK/gpKQg4KSV4KS+IOCkn+CkvuCkiOCkuOCkqCDgpKvgpY3gpK/gpYHgpLDgpYAg4KSs4KSo4KWHIOCkrOCkv+CktuCljeCktSDgpLngpYfgpK3gpYAg4KS14KWH4KSfIOCkrOCkleCljeCkuOCkv+CkmSDgpJXgpL4g4KSa4KWN4KSv4KS+4KSu4KWN4KSq4KS/4KSv4KSoIC0iLCJzdW1tYXJ5Ijoi4KS54KS/4KSc4KWLIOCkrOCkv+CkueCkvuCkqCDgpLjgpK7gpY3gpKrgpKjgpY3gpKgg4KSt4KSP4KSV4KWLIOCkrOCkv+CktuCljeCktSDgpLngpYfgpK3gpYAg4KS14KWH4KSfIOCkrOCkleCljeCkuOCkv+CkmSDgpJrgpY3gpK/gpL7gpK7gpY3gpKrgpL/gpK/gpKgg4KWo4KWm4KWo4KWmIOCkleCliyDgpJbgpYfgpLLgpK7gpL4g4KSs4KWH4KSy4KS+4KSv4KSkIOCkleCkviDgpJ/gpL7gpIjgpLjgpKgg4KSr4KWN4KSv4KWB4KSw4KWAIOCksuClhyDgpIXgpILgpK7gpYfgpLDgpL/gpJXgpL4g4KSV4KS+IOCkoeCkv+Ckr+Cli+CkqOCljeCkn+ClhyDgpLXgpL7gpIjgpLLgpY3gpKHgpLAg4KSy4KS+4KSIIOCkuOCkvuCkpOCljCDgpLDgpL7gpIngpKjgpY3gpKEg4KSu4KS+IOCkqOCkleCkvuCkieCknyDgpJfgpLDgpL8g4KS54KWH4KSt4KWAIOCkteClh+CknyDgpKzgpJXgpY3gpLjgpL/gpJkg4KSa4KWN4KSv4KS+4KSu4KWN4KSq4KS/4KSv4KSoIOClqOClpuClqOClpiDgpJXgpYsg4KSJ4KSq4KS+4KSn4KWAIOCkueCkvuCkpeCkqCDgpKrgpL7gpLDgpY3gpKgg4KS44KSr4KSyIOCkreCkj+CkleCkvuCkm+CkqOClpCDgpIXgpILgpK7gpYfgpLDgpL/gpJXgpL4g4KSV4KWLIOCksuCkuCDgpK3gpYfgpJfgpLgg4KSu4KS+IOCkuOCkruCljeCkquCkqOCljeCkqCDgpK3gpI/gpJXgpYsg4KSs4KSV4KWN4KS44KS/4KSZIOCkquCljeCksOCkpOCkv+Ckr+Cli+Ckl+Ckv+CkpOCkviDgpK7gpL4g4KSs4KWH4KSy4KS+4KSv4KSkIOCkleCkviDgpangpacg4KSs4KSw4KWN4KS34KS/4KSvIOCkn+CkvuCkiOKApiIsInRlbXBsYXRlIjoidXNlX2RlZmF1bHRfZnJvbV9zZXR0aW5ncyJ9″]

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गतसाता केही कामदार कोरिया गएका थिए। थप कामदार पठाउनेबारे कोरियाको सोलस्थित नेपाली दूतावास र मानव संसाधन विभागबीच समन्वय भइरहेको छ।

नियमित प्रक्रियाअनुसार सहज वातावरण भएको भए यही साता झन्डै दुई सय कामदार कोरिया जान्थे। दुवै देशले अवस्थालाई निकै गम्भीरतापूर्वक हेरिरहेको खनालको भनाइ छ। यसका साथै कोरियाको सोलस्थित नेपाली दूतावास ले हिजो जारी गरेको बिज्ञप्ती का अनुशार हाल सम्म कोरिया मा रहेका कुनै पनी नेपली हरु कोरोना भाईरस बाट संक्रमित नभेको पुष्टी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *