कोरोनाभाइरसको असर : इटलीमा भेनिस कार्निभल छोट्याइयो

अन्तर्राष्ट्रिय

काठमान्डौ

कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिहरू सङख्या बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन्।

इटलीका अधिकारीहरूले भेनिसमा भैरहेको एउटा मेलालाई छोट्याइदिएका छन्। भेनिस कार्निभल अब निर्धारित मितिभन्दा दुई दिनाघि नै सकिने अधिकारीहरूले बताए। युरोपमा सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएका मानिस इटलीमा फेला परेका छन्।

कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिहरू सङख्या बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन्। इटलीका अधिकारीहरूले भेनिसमा भैरहेको एुटा मेलालाई छोट्याइदिएका छन्।

भेनिस कार्निभल अब निर्धारित मितिभन्दा दुई दिनअघि नै सकिने अधिकारीहरूले बताए। युरोपमा सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएका मानिस इटलीमा फेला परेका छन्।

इटलीमा के गरिँदैछ?

मिलान र भेनिसमा कडा क्वारन्टीनको व्यवस्था गरिएको छ। झन्डै ५०,००० सर्वसाधारण रहेको उत्तरी क्षेत्रका लोम्बर्डी र भेनटोजस्ता सहरबाट विशेष अनुमतिबिना बाहिर जान वा त्यहाँ पस्न नपाउने व्यवस्था गरिएको बताइेको छ।

ती क्षेत्रभन्दा बाहिर पनि व्यापार र विद्यालयहरू बन्द गरिएका छन् भने अन्य गतिविधिमा पनि रोक लगाइेको छ। प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइेको छ। इटलीका अधिकारीहरूले यस्ता उपायबिना कोरोनाभाइरस नियन्त्रण गर्न नसकिने बताएका छन्।

“यो भाइरस सर्ने सम्भावना निकै धेरै छ,” लोम्बर्डीका स्वास्थ्यप्रमुखले बताए। यसैबीच इटलीबाट छुटेको रेलमा सवार दुई जना यात्रुमा कोरोनाभाइरस सङ्क्रमणको प्रारम्भिक सङ्केत देखिएपछि त्यो रेललाई अस्ट्रियाको सीमामा रोकिएको छ।

चीनको हुबे प्रान्तमा गत वर्ष सुरु भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको बताइएको छ।

चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ। त्यहाँ अहिलेसम्म ७६,३९२ सङ्क्रमण र २,३४८ मृत्यु पुष्टि भइसकेको छ।बिबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *