बालकुमारीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

समाचार

काठमाडौं

ललितपुरको बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा काठमाडौं लाजिम्पाटका दिवसकिशोर भट्टराइ र ललिता राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनाका घाइते दुवैलाई ग्वार्कोस्थित बी एण्ड बी अस्पताल पुर्‍याइेकोमा त्यही उपचारका क्रममा निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *