ब्रेकिङ : भारतको नौतनवा क्वारेन्टाइनमा रहेका ११२ नेपाली आज शनिबार नेपाल फर्के

समाचार
  • 94
    Shares

भैरहवा

लामो समय देखी भारतीय क्वारेन्टाइनमा रहेका थप ११२ नेपाली आज शनिबार नेपाल फर्केका छन्।भारतको विभिन्न स्थानमा काम गरिरहेका नेपालीहरु लकडाउन अवधिमै कोरोना भाइरसको त्रासको कारण नेपाल आउन खोजेकोले उनीहरुलाई भारतको नौतनवामा रहेको विभिन्न तीन स्थानमा क्वारेन्टाइनमा राखिएको थियो । भारतीय क्वारेन्टाइनमा ३ सय ४० नेपाली थिए ।

शुक्रबार र शनिबार गरी २ सय १५ जनालाई भारतबाट नेपाल भित्र्याइएको छ । बाँकी रहेकालाई पनि स्वास्थ्य परीक्षण गरी ल्याइने जानकारी रहेको छ।उनीहरुलाई नाकामा कोरोना संक्रमणको आरडीटी परीक्षण गरेर मात्र मुलुक प्रवेश गराइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभएको छ ।

क्वारेन्टाइनमा रहेका सबैलाई एकैपटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।


  • 94
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *