सेती अस्पतालको आइसोलेसनमा एकजनाको मृत्यु

समाचार

कैलाली 

कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

मृतकको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको तर, लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो भएकाले पिसिआरकोलागि स्वाब संकलन गरिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए। ‘भारतबाट आएको त्यसैमाथि स्वास्थमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो ।’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भन्नुभयो–‘उनलाई हिजो साँझ भर्ना गरियो, आज बिहानै निधन भयो ।’

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष कल्लु रानाको गएराती मृत्यु भएको छ । वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहनु भएका ५८ बर्षीय वडाअध्यक्ष राना एक्कासि बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक रानाको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *