बागलुङका ६ जनामा संक्रमण पुष्टि

Breaking News समाचार

पोखरा 

बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो । पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङको तमानखोला गाउँपालिकाका चार जना र बडिगाढ गाउँपालिकाका दुई जनामा संक्रमण भेटिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार संक्रमण पुष्टी भएका बडिगाढ गाउँपालिकाका १९, २० वर्षका पुरुष र तमानखोलाका २१, २१, २७ र २७ वर्षका पुरुष रहेका छन् । संक्रमित सबै भारतमा रेल सेवा सञ्चालनमा आएपछि भारतका विभिन्न शहरबाट नेपाल भारत सिमा सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए ।

संक्रमित छ जनालाई नै बागलुङ जिल्ला सदरमुकामको धौलागिरि अस्पतालको अैसुलेसनमा ल्याउँने तयारी गरिएको स्थानीय तहहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *