ब्रेकिङ: रौतहटमा फेरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

Breaking News समाचार

रौतहट।

हाल नेपालमा कोरोना भाईरस तिब्र रुपमा फैलीरहेको बेला आज फेरी रौतहटमा ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जानकारी अनुशार जिल्लाको गौर, देवाही गोनाही, ईशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका छन ।

सङ्रक्रमित ३५ जनामध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा दुई, कटहरिया नगरपालिकामा दुई र गढीमाई नगरपालिकामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।

सङ्क्रमण पुष्टि भएका सबैजना हालै भारतको विभिन्न सहरबाट रौतहट आएको समेत प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

सङ्क्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसिरहेका छन् । सङ्क्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *