नेपालमा एकै दिन सबैभन्दा धेरै सङ्क्रमण पुष्टि, ११४ जना थपिए, कुल८८६ पुग्यो

Breaking News समाचार

काठमान्डौ

नेपालमा बुधवार ११४ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्। यो एकै दिनमा सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ। योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा कुल सङ्क्रमित ८८६ पुगेको बताए। तीमध्ये ६९९ जनाको उपचार भैरहेको र १८३ जना निको भएको उनले बताए। अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *