नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै घटनाको निष्पक्ष छानबिन गर्नेछ – संयुक्त राष्ट्र संघ संयोजक

Breaking News समाचार

काठमाडौँ।

केही दिन अघी अन्तरजातीय विवाहको विषयमा ४ जनाको हत्या भएको घटनाले देश र देश बाहिर पनी चर्चाको बिषय बनेकोछ। उक्त घटना प्रती नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

रुकुम मा शनिबार घटेको अन्तरजातीय विवाहको विषय लाई लिएर भएको घटनामा हाल सम्म ४ जनाको हत्या भएको पुष्टी भ ई सकेकोछ र २ जना हाल सम्म बेपत्ता रहेको जानकारी रहेकोछ।

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरीले २१ौ सताप्दीमा पनी नेपालमा जातीय विभेद कायमै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म मृतकका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु र विश्वास ग‍र्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *