बलिऊड संगीतकार वाजिद खानको निधन

अन्तर्राष्ट्रिय मनोरञ्जन

काठमाडौं

बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । मृगौला पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।

‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गरेका छन । मृगौलामा सङ्क्रमण भएपछि उनि पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए ।

केही दिनअघि मात्रै उनको मृगौला प्रत्यारोपण गरिएको थियो । मुम्बैइस्थित चंगुरको अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो । सन् १९९८ मा बलिऊडमा ‘प्यार किया तो डरना क्या’ फिल्मबाट आफ्नो संगीत जिवनको सुरुवात गर्नुभएको साजिद वाजिदका वाजिदले ‘दबङ्ग’, ‘वान्टेड’ र ‘मुझसे शादी करोगी’ जस्ता चर्चित फिल्ममा संगीत दिएका थिए ।

बलिऊडका अभिनेता तथा अभिनेतृले उनाको निधनप्रति सम्वदेना प्रकट गरेका छन । चर्चित गायक सोनु निगमले पनि वाजिदको निधनप्रति समवेदना प्रकट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *