बाबा रामबेद ले आफ्नो कंम्पनीले कोरोना निको पार्ने होमोप्याथी अौषधी बनाएको दाबा

Breaking News समाचार स्वास्थ्य

एजेन्शी।

विश्व चर्चित बाबा, योग गुरु र पतंजलीका मालिक रामदेबले आफ्नो कंम्पनीले कोरोना निको पार्ने आयुर्बेदिक अौषधी बनाएको दाबा गरेकाछन। रामदेब द्वारा हिजो मंगलबार भारतको हरिद्वारमा कोरोनिल नामको अौषधी आधिकारिक रुपमा सार्बजनिक गरेकाछन।

बाबा रामदेब पतंजलि आयुर्बेदिक कंम्पनीका मालिक हुन र उक्त कंम्पनीका धेरै प्रकारका आयुर्बेदिक अौषधी चर्चित रहेकाछन।

हिजो मंगलबार हरिद्वारमा आयोजना गरिएको सार्बजनिक कार्यक्रममा रामदेब द्वारा कोरोनिल नामको अौषधी सार्बजनिक गर्दै उक्त अौषधी लाई दुई स्तरमा ट्रायल गरिएको जानकारी गराए जस्मा पहिलो क्लिनिकल कंट्रोल स्टडी र दोस्रो क्लिनिकल कंट्रोल ट्रायल रहेको थियो।

रामदेबले दिनु भएको जानकारी अनुशार क्लिनिकल कंट्रोल स्टडी गर्ने क्रममा २८० जना बिरामी हरु लाई सम्मिलित गरिएको थियो। उक्त प्रयोगको नतिजा अनुशार १०० प्रतिशत बिरामी हरु निको भएका थिए। अर्को तिर १०० जना बिरामी हरुमा गरिएको क्लिनिकल कंट्रोल ट्रायल अन्तर्गत ३ दिन भित्र ६९ प्रतिशत बिरामी हरु निको भएका थिए। साथै ७ दिन भित्र १०० प्रतिशत बिरामी हरु निको भएको जानकारी गराए।

बाबा रामदेवले अघाढी जानकारी दिदै उन्को कंम्पनीले उक्त अौषधीको निर्माण क्रममा सबै प्रकारको वैज्ञानिक नियमहरुको पालना गरिएको जानकारी गराए। हिजो देखी नै अौषधी पतंजलिका बिभिन्न पशलहरुमा उपलब्ध रहेको जानकारी रहेकोछ भने भारतका बिभिन्न संघ संस्थाहरुले उक्त अौषधी माथी प्रशन उठाईरहेको जानकारी रहेकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *