किन नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली बोल्दाबोल्दै नेता माधव नेपालले हस्तक्षेप गरे, त्यस पछी के भयो?, पढनुहोस

Breaking News राजनीति समाचार

काठमाडौँ।

हिजो बसेको नेकपाको स्थायी कमिटी बैठकको पहिलो दिन पार्टीका ठुला र मुख्य नेताहरुबीच घोचपेचको खेल भएको जानकारी रहेकोछ। स्थिती याहा सम्म पुग्यो कि प्रधानमन्त्री ओली बोल्दाबोल्दै बीचमै पार्टीका वरिष्ठ नेता माधव नेपालले हस्तक्षेप गर्न पुगे ।

सोही क्रममा प्रधानमन्त्री ओलीले ‘अहिले होइन, आफ्नै पालामा बोल्नुस्’ भनेर नेपाललाई रोकन पुगेका थिए । ओली र नेपालबीचको यो घोचपेच देखेका स्थायी कमिटी सदस्यहरु अचम्भित परेका थिए।

स्थायी कमिटी बैठकको एजेन्डा र कार्यसूचीअनुसार ओली आफ्ना मन्तव्य राख्दै थिए र सरकारको काम धेरै राम्रो भएको भन्दै एकपछि अर्को गरेर उदाहरण दिएका थिए । ओलीले सरकारले राम्रा काम गरेको भन्दै लामो सूची पेश गर्न थालेपछि वरिष्ठ नेता नेपालले उनलाई बीचमै राके र भने- एकछिन रोक्नुस् । र, थपे, ‘यीनै कुरा धेरैपटक सुन्दासुन्दा थाकियो । तपाईले राम्रो काम भएको छ भन्ने दावी गरेर हुन्छ ? मसँग हिड्नुस्, देखाई दिन्छु कहाँ के काम भएको छ । जनताले के भनेका छन्, ग्राउन्डमा गएर बुझ्नुस् ।’

नेपाललको अर्को विषयमा पनि असन्तुष्टि आयो । पार्टी नेतृत्वले जोखिम मोलेर एकता सम्पन्न गरेको प्रधानमन्त्रीको भनाईमा नेता नेपालको जवाफ थियो, ‘अरुको योगदानलाई कम नआँक्नुस् । आत्मप्रशंसाको बखान नगर्नुस् । अब धेरै भयो ।’सामूहिक नेतृत्वबाट एकता सम्भव भएको भन्दै नेता नेपालले पार्टीमा सबैको योगदान रहेको बताएका थिए ।

ओली र नेपालबीच केहीबेर घोचपेच भएको थियो । त्यसपछि ओलीले भनेका थिए, ‘तपाईंको बोल्ने पालो आउँछ, अहिले हतार नगर्नुस्, जे भन्न छ आफ्नै पालामा भन्नुस् ।’ त्यसपछि दुई नेताको घोचपेच बन्द भएको एक सदस्यले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललगायतका नेताहरुले पार्टीभित्र बहुमतको नाममा गुटको राजनीति गरेको आरोप लगाएका थिए । सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सहमतिका आधारमा पार्टी चलाउनुको सट्टा गुटको राजनीति भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *