पार्टीको बैठकका लागी प्रधानमन्त्रीको सरकारी निवास र कार्यालय प्रयोग गर्नु भनेको खुलेआम भ्रष्टाचार हो- राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा

Breaking News राजनीति समाचार

काठमाडौं।

आज बिहान देखी प्रधानमन्त्री निवासमा नेकपाको स्थायी कमिटीको बैठक बसेको थियो जस्मा पार्टीका अध्यक्ष र प्रधानमन्त्री केपि शर्मा ओली अनुपस्थित हुनु भएको थियो। आज नै सोही बैठकलाई लिएर राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले नेकपा को बैठक प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गरिएकोमा बिरोध जनाउदै आफ्नो सामाजिल संजाल ट्विटरमा केही मन्तब्य ब्यक्त गरेकाछन जस्मा उन्ले यसरी सरकारी कार्यालमा पार्टी बिषेश कार्य का लागी प्रयोग गर्नु भनेको खुलेआम भ्रष्टाचार हो भनेकाछन ।

आफ्नो ट्विटरमा थापा ले यसरी प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्यहाँ रहेका सरकारी साधनस्रोतको दुरुपयोग गरि पार्टीको बैठक तथा कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार भएको जिकिर गरेकाछन।

नेता थापा भन्दछन; “प्रधानमन्त्रिको सरकारी निवास,कार्यालय र त्यहाॅ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठककार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो,अख्तियारको दुरुपयोग हो।राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिकअलोकतान्त्रिक कार्य अन्त गरियोस्।राज्यको सम्पति रक्षागर्नु @PM_Nepal को कर्तव्य हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *