उपत्यकाका तिन प्राईभेट हस्पिटलहरुले पिसिआर परिक्षण गर्ने अनुमति पाए

Breaking News समाचार

काठमाडौँ।

अब उपत्यकाका तिन प्राईभेट हस्पिटलहरुलाई पिसिआर परिक्षण गर्ने अनुमति दियिएकोछ। ललितपुर सानेपानस्थित स्टार अस्पताल, महाराजगञ्जको प्रहरी अस्पताल र सिनामगंलस्थित काठमाडौं मेडिकल कलेजले परीक्षण गर्ने अनुमति दियिएको हो ।

तिनै अस्पतालहरुको अनुगमन गर्दा ती अस्पताल हरुले मापदण्ड पूरा गरेकाले निजी प्रयोगशालालाई कोभिड १९ को मोलिक्यूलर परीक्षण गर्ने अनुमति दिइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएकोछ।

निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्यूलर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका, २०७७ अनुसार यी अस्पतालबाट दैनिक दुई सय परीक्षण गर्ने क्षमता हुनुपर्नेछ । निर्देशिकाले प्रति नमुना शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

साथै यी अस्पतालमा परीक्षण हुने नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाटै पठाइनेछ । अस्पताललाई नमुना संकलन गरेर परीक्षण गर्ने अनुमति भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *