बङ्गलादेशमा डुङ्गा एक आपसमा ठोकिदा २३ को मृत्यु

अन्तर्राष्ट्रिय समाचार

ढाका 

बङ्गलादेशको राजधानी ढाकाक बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।

सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन ।

दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताउनु भएको छ। उद्धारकार्य जारी रहेको बताइेको छ ।रासस /एएफपी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *