गण्डकीमा १७ नया संक्रमित पुष्टि

Breaking News समाचार

पोखरा

मंगलबार पोखरामा ७ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमित १७ जना थपिएका छन् । यो सगै संख्या ९६६ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा मंगलबार बिहान कोरोना पुष्टि भएको हो ।

तनहुँको ब्यास नगरपालिकाका ३ पुरुष र २ महिला, स्याङ्जाको पुतलीबजारका १ पुरुष, लमजुङको बेसिसहर नगरपालिका, मध्य नेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १ र १ महिनामा कोरोना पुष्टि भएको छ ।

यसैगरि कास्कीको मादी गाउँपालिकाका १ पुरुष, पोखरा महानगरपालिकाका ६ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *