के कोरोना भाइरस फैलनुमा चमेरो को दोष छ ?

समाचार

बीबीसी 

चमेरोबारे सोच्दा नै इरोरो तान्शी उत्साहित हुन्छिन्। ‘तिनीहरू उत्कृष्ट छन्’ उनी मुस्कुराउँछिन्। तान्शी नाइजिरियन हुन्। उनी टेक्सस विश्वविद्यालयमा विद्यावारिधि गर्दैछिन्। उनी त्यस्ता वैज्ञानिकमध्ये एक हुन् जसले चमेरोको नकारात्मक छविलाई सुधार्ने प्रयत्न गर्दैछिन्।

कोरोनाभाइरस महामारी फैलाउनमा चमेरोको भूमिका रहेको चर्चाले यसको छवि अहिले झन् नराम्रो बनेको छ। अस्ट्रेलियादेखि इन्डोनेशियासम्म ठूलो सङ्ख्यामा चमेरोहरू मारिएका खबरहरू आएपछि विश्वभरिका संरक्षणकर्मीलाई चिन्तित बनाएको छ।

कोभिड-१९ लगाउने सार्स-कोभ-२ नामक भाइरससँग ९६ प्रतिशत मिल्दोजुल्दो अर्को एुटा भाइरस एकखाले जङ्गली चमेरोमा पाइेकाले मानिसहरूले चमेरोलाई दोष लगाएको तान्शी बताउँछिन्। त्यसले सबै चमेरोलाई शङ्काको घेरामा ल्यायो। तर चमेरोले यो भाइरस नसारेको वैज्ञानिक प्रमाण छन्।

तान्शी भन्छिन्, ‘हालैका अनुसन्धानले करिब ४०–७० वर्षाघि सार्स–कोभ–२ भाइरस जङ्गली चमेरोबाट छुट्टिएको देखाएका छन्। त्यसले चमेरोले मानिसहरूमा सार्स(कोभ(२ भाइरस सिधा सारेका होइनन् भन्ने प्रमाण दिएको छ।’

मासाई मारा विश्वविद्यालय केन्यामा वन्यजीव विज्ञान प्राध्यापन गरिरहेका डा। पोल डब्लू वेबाला पनि त्यसमा सहमत छन्। उनी भन्छन्, ‘विकासवादी भाषामा भन्दा मानिसमा सार्स-कोभ-२ चमेराबाट आएको हो भने त्यसलाई प्रसार गर्ने कुनै मध्यमार्गी तत्त्व हुनुपर्छ।’

त्यसो भन्नुको मतलब चमेरो उक्त भाइरस उत्पादक हुन् भने पनि उनीहरू स्वयम्‌ले त्यसलाई मानिसमा सारेनन्। त्यसरी भाइरस सार्ने सम्भावित माध्यम भनेर सालकलाई शङ्का गरिएको छ। तान्शी र उनका सहकर्मी वैज्ञानिकहरू अहिलेको महामारीको दोष चमेरोलाई होइन, मानिसलाई लगाउनु पर्नेमा सहमत छन्। किनभने यो मानव जनसङ्ख्याभित्र फैलिएको छ।

वेबाला भन्छन् कि मानिसहरूका क्रियाकलापकै कारणले महामारी आएको हो। ‘वन्यजन्तुको वासस्थानमा अतिक्रमण, हानी र यातायातका कारण पहिले कहिल्यै सम्पर्क नभएका प्रजातिबीच अहिले सम्पर्क स्थापित भएको छ,’ उनले भने।

चमेरो मारेर हामी कोरोनाभाइरसबाट बच्न सक्दैनौँ। संरक्षणकर्मीहरू अझ उनीहरूलाई सिध्याए अवस्था थप खराब हुने बताउँछन्। ‘यदि तपाईँ कुनै सुती लगाइरहनु भएको छ वा यदि तपाईँ कफी वा चिया पिउनु हुन्छ वा तपाईँ मकैबाट बनेको खानेकुरा खानुहुन्छ भने तपाईँ पहिलेदेखि नै चमेरोसँग जोडिनु भएको छ,’ डा. वाबेला भन्छन्।

खानेकुरादेखि सौन्दर्य सामग्रीसम्म र फर्निचरदेखि औषधिसम्ममा चमेरोको श्रमको आवश्यकता हुन्छ। चमेरो नभए इन्डोनेशियामा डुरियन भनिने कटहरजस्तो फलको खेती हुने थिएन, मादगास्करमा आकर्षक बाओबाबका रुख हुने थिएनन् न त त्यहाँ मखनाको खेती नै हुने थियो।

त्यस्तै चमेरोले चराको तुलनामा दोब्बर बढी बीउ फैलाउने गर्छन्। त्यसले जङ्गल विस्तारमा पनि सहयोग पुग्छ। विभिन्न अध्ययनहरूले अमेरिकामा मात्र चमेरोका कारण कृषकहरूले प्रयोग गर्ने विषादीको मात्रा घटाइदिँदा र बालीहरूमा क्षति कम गर्दा अर्बौँ डलर जोगिने देखाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *