नेकपाको स्थायी कमिटीको बैठकमा सबै बरिष्ट नेताहरु द्वारा प्रधानमन्त्रीको राजीनामा मांग

Breaking News राजनीति समाचार

काठमाडौँ।

हिजो बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेकपाका बरिषट नेताहरु र अन्य नेताहरुले चर्को आवाजामा प्रधानमन्त्री केपी शर्मा ओलीकको राजीनामा मागेको खबरले सबै तिर तरंगित बाताब्रण बनाएकोछ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चौथौ दिनको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीसहित १८ नेता बोलेका थिए । प्रधानमन्त्रीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने सबै नेताहरुको माग रहेको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नाराणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भिम रावल, रघुजी पन्त, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भिम आचार्यले जस्ता बरिष्ट नेताहरुले प्रधानमन्त्री ओलीको कारण पार्टी र सरकार दुवै अप्ठ्यारोमा परेको भन्दै राजीनामा माग गरेको एक नेताले बताए । साथै

नक्सा जारी गरेबापत भारतीय राज्य संयन्त्र र आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न सक्रिय रहेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर बैठकको सुरुमै अध्यक्ष दाहालले त्यसबारे जावाफ मागेका थिए । उनले भारतीय राज्य संयन्त्र सरकार ढाल्न लागेको नभइ पार्टीले नै राजीनामा मागेको बताएका थिए ।

वरिष्ठ नेताद्वय खनाल, नेपाल र उपाध्यक्ष गौतमले यसरी नै पार्टी र सरकार चल्न नसक्ने कुरा को जिकिर गर्दै दुवै पदबाट राजीनामा दिन सुझाब दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *