नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको कुरा के हो??

Breaking News राजनीति समाचार

काठमाडौँ

हिजो बसेको नेकपा को बैठकमा नेकपा(एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषय लाई लिएर चर्चा भएको थियो। जानकारी अनुशार कुनै ब्यक्ति द्वारा नेकपा(एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो जसलाई लिएर हिजो बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले चासो देखौदै सबै माझ प्रश्न गरेका थिए।

बैठक पछी पत्रकारहरु संग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले झापाकी सन्ध्या तिवारी नाम गरेकी महिलाको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको भन्ने सूचनापछि बैठकमा छलफल भएको जानकारी गराए।

सोही छलफलमा अध्यक्ष प्रचण्डले उक्त दल दर्ता गर्ने कार्यमा नेकपाका कुनै नेता कार्यकर्ताको संलग्नता छ कि भनेर सबै माझ प्रश्न राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *