गण्डकीमा थपिए २८ काेराेना सङ्क्रमित, प्रदेशभर ९९४ जना पुग्यो

Breaking News समाचार

पोखरा 

गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा मा १२ जना पूर्वी नवलपरासीका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष छन् ।

त्यस्तै, गैडाकोट गाउँपालिकाका २५ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरुष छन् । सोही गाउँपालिकाकै २३ र ५१ वर्षका २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, चितवनमा कोरोना परीक्षण गरिएको थियो ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९४ पुगेको छ । सबै सङ्क्रमितलाई सम्बन्धित जिल्लामा रहेका अैसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *