नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य छन्त्यालको निधन

समाचार

काठमाडौं 

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए ।

६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थीइन् । उनि २०७० सालको संविधानसभामा निर्वाचनमा तत्कालीन बागलुङ क्षेत्र नं. ३ बाट विजयी हुनुभएको थियो ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थीइन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *