क्वारेन्टाइनमा बसी घर फर्केका र उपचारका क्रममा मृत्‍यु भएका ब्यक्तीमा कोरोना सङ्क्रमण भएको पुष्टी

समाचार

अछाम।

केही दिन अघी १४ दिन क्वारेन्टाइनमा बसी घर फर्केका रामारोशन गाउँपालिका ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा मृत्‍यु भएको थियो, र उन्को स्वाब परिक्ष्ण पछी उनमा कोरोना सङ्क्रमण भएको पुष्टी भएकोछ।

हिजो मंगलबार प्राप्त भएको अनुशार बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएका ब्यक्तीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो।

मृत्‍यु भएका ब्यक्ती भारत बाट आएका र १४ दिन स्थानीय क्वारेन्टाइनमा बसेका थिए। भारतमा हुदा उनी मधुमेहका बिरामी भएको पनी जानकारी रहेकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *