मात्र एकै घंटामा नेकपाको बैठक सकियो, भोलि फेरी बस्ने

Breaking News राजनीति समाचार

काठमान्डौ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी को बैठक बालुवाटारमा शुरु भएको एकै घंटामा नै स्थगित हुन पुग्यो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनु भएको जानकारी अनुशार कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसद्को बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएपछि त्यसमा सांसदहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो।

आज बसेको बैठकमा केही नेता हरुले मात्र बोल्ने मौका पाएका थिए जस्मा योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, नन्दकुमार प्रसाई र पेशल खतिवडाले धारणा राखेका थिए। पाच नेता हरु मध्ये चार जना नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनमा दिनुपर्ने तर्क राखेका थिए भने अर्का नेता योगेश भट्टराईले सबै नेताहरु मिली पार्टी लाई बलियो बनाउनु पर्ने कुरा मा जोड दिएका थिए।

आज स्थगित भएको बैठक भोलि फेरी ११ बजे देखी बालुवाटार मा बस्ने जानकारी रहेकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *