राष्ट्रिय सभा र प्रतिनिधिसभाको दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै आजको सबै बैठकहरु स्थगित

Breaking News समाचार

काठमाडौँ

राष्ट्रिय सभा र प्रतिनिधिसभा को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै आज को सबै बैठक हरु स्थगित गरिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा शोक प्रस्ताव सर्वसम्मत पारित भएको छ । बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका समानुपातिक सांसद स्वर्गीय ज्ञानकुमारी छन्त्यालप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएपछि सर्वसम्मत पारित भएको थियो

जानकारीअनुशार प्रतिनिधिसभाको अर्को बैठक २२ गते सोमबार १ बजे बस्ने र राष्ट्रियसभाको अर्को बैठक १८ गते १ बजे बस्ने जानकारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *