काठमान्डौ उपत्यकामा १५ सङ्क्रमित संगै थप ४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, नेपालमा कुल सङ्क्रमित सङ्ख्या १४ हजार ४६ पुग्याे

Breaking News समाचार

काठमान्डौ

नेपालमा विगत २४ घण्टामा थप ४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। यो वृद्धिसँगै बुधबार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४०४६ पुगेको छ।

तीमध्ये ३,६५६ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।विगत २४ घण्टामा ४६२ जना निको भएका र अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

जानकारी अनुशारा अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।साथै काठमान्डौ उपत्यकामा १५ सङ्क्रमित काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा एक पुरूष र भक्तपुरमा तीन महिला र एक पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *