शुक्रबार २४ जुलाई देखी बेलायतका पशलहरु मा ग्राहकहरुले बिना माष्क पस्न नपाउने

अन्तर्राष्ट्रिय विचार/ब्लग समाचार
  • 80
    Shares

सुभास भट्ट, बेलायत

कोरोना भाईरसले आतंक मचाएको बेलायतमा संक्रमण सुरु भएको लगभग ८ महिना पछी सरकार द्वारा बेलायतका सबै पशलहरुमा अनिबार्य रुपमा कर्मचारी र ग्राहक हरुले माष्कको प्रयोग गर्नु पर्ने नया नियम पारिएत गरेको छ।

हाल बेलायतमा कोरोना संक्रमण बाट मृत्‍यु हुने संख्यामा केही ह्राष अाएपनी नया संक्रणमित हुने संख्या भने बढी रहेको अवस्थामा सरकार द्वारा संक्रमण लाई ध्यानमा राखी नया नियम पारित गरियो जस्मा अर्को साता को शुक्रबार २४ जुलाई देखी बेलायतका सम्पुर्ण पशलमा कार्यरत कर्मचारी र पशल हरुमा जाने हरुले अनिबार्य रुपमा माष्क को प्रयोग गर्नु पर्ने छ। साथै ग्राहक हरुले बिना माष्क पशलमा पस्न नपाउने नियम समेत पारित गरिएको छ। यदी उक्त नियमको उल्लंघन गरिएको पाईेमा प्रहरी द्वारा जरिवाना समेत लगाउन पाउने प्राब्धान रहेको छ।

सरकार को उक्त नियमको केही बर्गका मानिषहरुले आलोचना समेत गर्न थालेका छन भने धेरै जसो जन्ताहरु द्वारा स्वागत योग्य निर्णय समेत भनिएको छ। माहामारी फैलिन थालेको सुरुवाती समयमा विश्व स्वास्थ्य संस्था [WHO] द्वारा माष्कको प्रयोग खासै लाभदायक नहुने भन्ने प्र्तिक्रिया पछी बिभिन्न राष्ट्रका जन्ताहरुले माष्कको प्रयोग लाई हल्का रुपमा लिए पनी, हाल आएर ढिलो भए पनी माष्क सम्बंधी नियम पारित त भयो, तर अब यो हेर्न बाकी छ की उक्त नियमको पालन जन्ता द्वारा कति सम्म गरिनेछ??

सरकारी तथ्यान्क अनुशार बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुने सन्ख्या २९१,९११ पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको कुल सन्ख्या ४५,०५३ पुगेको छ ।


  • 80
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *