नेकपाका तीन शीर्ष नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल संवादमा

Breaking News राजनीति समाचार
  • 14
    Shares

काठमाडौँ।

पार्टीभित्रको विवाद सुल्झाउने र भोलिको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउन नेकपाका तीन शीर्ष नेता संवादमा जुटेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल संवादमा छन्

बालुवाटारमा दिउँसो १२ बजेदेखि शुरुभएको वार्तामा आज ठोस सहमति आउन सक्ने विश्वास नेताहरूले गर्नुभएको छ । भोलि शुक्रबार नेकपाको स्थायी कमिटी बैठक आह्वान गरिएकाले केही न केही ठोस सहमति गर्ने प्रयास अध्यक्षद्वयको छ । वरिष्ठ नेता नेपालले एक व्यक्ति एक पदको विचार अघि सार्नुभएको छ । उहाँको पक्षमा अध्यक्ष प्रचण्ड पनि सहमति जनाउनुभएको छ । तर प्रधानमन्त्री ओली अहिले आफूले राजिनामा दिनुपर्ने ‘औचित्य पुष्टि’ नहुने भन्दै अन्य विषयमा सहमति गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार बैठक बालुवाटारमा १२ बजेदेखि शुरु भएको छ । दुई अध्यक्षसहित वरिष्ठ नेता नेपाल वार्तामा सहभागी हुनुभएपछि आज केही न केही सहमति बन्ने विश्वास नेताहरूमा पलाएको उहाँले बताउनुभयो ।


  • 14
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *