अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त

अन्तर्राष्ट्रिय
  • 10
    Shares

येरभान

तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरु अजरबैजान र आर्मेनियाबीच सीमा क्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ ।

दुबै देशका सैन्य अधिकारीहरुले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि गरेका छन् । दुबै देशबीच एक दशकभन्दा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । अजरबैजानमा पृथकतावादी आन्दोलन चलिरहेको नागोर्नी काराबाख क्षेत्रलाई लिएर दशकौंदेखि विवाद कायम छ ।

गत आइतबारदेखि भड्किएको भिडन्तका कारण दुबै तर्फ कम्तीमा १६ जनाको मृत्यु भएको छ । नागोर्नी काराबाख क्षेत्रलाई सन् १९९० को दशकमा भएको युद्धमा आर्मेनियाली पृथकतावादीलाई आफ्नो नियन्त्रणमा लिएका थिए । यस युद्धमा करिब ३० हजारको ज्यान गएको थियो । तर काराबाखको उत्तरी सीमाक्षेत्रमा भिडन्त शुरु भएको हो ।

अजरबैजानका सेनाले आर्मेनियाली गाउँहरुमा बम हमला गरेका आर्मेनियाका रक्षा मन्त्रालयकी प्रवक्ता सुशान स्टेपानयानले बिहीबार जानकारी दिए । उनले अजरबैजानले हमला जारी राखेको बताए ।

आर्मेनियाको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गरी आर्मेनियाली सेनाले अजरबैजानका गाउँहरुमा ठुल्ठूला हतियारको प्रयोग गरी हमला गरिरहेको जनाएको छ । बुधबार केही मत्थर भएको भिडन्त पुनः बिहीबार शुरु भएको थियो । गत सातादेखि पुनः शुरु भएको भिडन्तले रणनीतिक महत्वको ककेसस क्षेत्रमा तनाबको स्थिति उत्पन्न भएको छ ।

संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र रसियाले दुबै पक्षलाई शान्ति कायम गर्न आह्वान गरेका छन् । अन्तर्‍ाष्ट्रिय मध्यस्थतामा दुई ककेसस मुलुकहरुबीचको शान्ति वार्ता भएपनि दुबै मुलुकबीच भूमि विवाद जारी छ ।

ऊर्जाको धनी राष्ट्र अजरबैजानले काराबाख क्षेत्रलाई सैन्यबलको प्रयोग गरी नियन्त्रण कायम गर्ने धम्की दीरहेको छ । आर्मेनियाले भने कुनै पनि किसिमको सैन्य आक्रमणलाई परास्त गरिछाड्ने बताइरहेको छ ।रासस /एएफपी


  • 10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *