नेकपाका शीर्ष नेताहरुको बैठक सम्पन्न, फेरी अध्यक्ष दाहाल र नेता नेपालले केपी ओलीसँग प्रधानमन्त्री पदबाट राजीनामा मागे

Breaking News राजनीति समाचार
  • 54
    Shares

काठमाडौँ।

नेकपाका शीर्ष तिन नेताहरुको आज बसेको बैठक सम्पन्न भएको छ। उक्त बैठामा आज फेरी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका थिए ।

लामो समय देखी नेकपा भित्रको विवाद सुल्झाउने र शुक्रबारको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासका लागि बिहीबार तीन शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल , वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीसँग बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सोही बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

आज बसेको बैठमा पार्टीका अर्खा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई सुझाब दिएका थिए।। जानकारी अनुशार उक्त को जवाफमा ओलीले दुवै पदबाट राजीनामा नदिने अडान प्रष्ट पारेका थिए। दुवै समूहले आ–आफ्ना अडान कायम राखेपछि छलफल निष्कर्ष बिना नै सम्पन्न भएको थियो ।

भोली शुक्रबार नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । सो बैठकअघि दुई अध्यक्षबीच सहमति बनाउन नियमित बैठक बसिरहेको छ । आजको बैठक सकारात्मक भएपनि ठोस सहमति बन्न नसकेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ ।


  • 54
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *