अमिताभ बच्चनको कोरोना टेस्ट नेगेटिव आएको समाचार गलत उनले ट्वीट गरेर यसो भने !

मनोरञ्जन
  • 22
    Shares

एजेन्सि

बलिउड मेगास्टार अमिताभ बच्चन हाल मुम्बैइको नानावटी अस्पतालमा कोरोना भाइरस बिरूद्ध लडाई लड्दैछन्। अमिताभलाई १३ दिनसम्म अस्पतालमा भर्ना गरिएको छ। उनका फ्यानहरू निरन्तर उनको स्वास्थका लागि प्रार्थना गरिरहेका छन्।

यसैबीच, सोशल मीडियामा उनको बारेमा एउटा खबर भाइरल भैरहेको छ कि बिग बी को कोरोना भाइरसको टेस्ट नेगेटिभ आएको छ र उनलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने छ। बिग बी आफैले ट्वीट गरेर यी सबै समाचार को सत्यता बारे भनेका छन ।

बिग बीले आफ्नो ट्विटरमा यस समाचार को खंडन गर्दै बीले यस्तो लेखेका छन, ‘यो समाचार गलत, गैरजिम्मेवारपूर्ण, नक्कली र गलत हो’।कोरोनाभाईरसबाट पिडित अमिताभ ११ जुलाईमा मुम्बैइको नानावटी अस्पतालमा भर्ना भएका थिए।

अमिताभ पछि अभिषेक बच्चन, ऐश्वर्या राई र आराध्या बच्चनको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको थियो । अमिताभ बाहेक अरु जना जना नानावटी अस्पतालमा भर्ना छन्। यद्यपि सबैको स्वास्थ्य पहिले भन्दा धेरै राम्रो छ।


  • 22
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *