योगदान पुर्याएका पार्टीका सिर्ष नेताहरुलाई कारबाही गर्नु दुर्भाग्यपूर्ण – नेपाली काँग्रेसका नेता शेखर कोइराला

Breaking News राजनीति समाचार
  • 16
    Shares

काठमान्डौ।

काँग्रेस केन्द्रीय अनुशासन समितिले शनिबार पार्टीका तिनजना सिर्ष नेताहरु कारबाही गरी पार्टीबाट निष्कासन गरे लगत्तै नेपाली काँग्रेस भित्र बबन्डर मचिएको छ। उक्त निर्णय प्रती प्रतिक्रिया दिदै नेपाली काँग्रेसका नेता शेखर कोइरालाले कुनै आधार बिना यसरी पार्टीका तीनजना नेतालाई निकाल्नु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ।

काँग्रेस केन्द्रीय अनुशासन समिति द्वारा कारबाहीमा परेका नेताहरुमा गोविन्दराज जोशी (तनहुँ), पुष्करनाथ ओझा (कैलाली) र रामबहादुर विष्ट (डडेल्धुरा) रहेका छन।

सोही प्रकरणमा आफ्नो फरक मत राख्दै नेता कोइरालाले आफ्नो सामाजिक सञ्जालमा पोस्त गरेका थिए जस्मा उनले लेखेका थिए, “एकातिर हामी अन्य पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गराउँदैछौँ, अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरूलाई निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ?”


  • 16
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *