नेकपा स्थायी कमिटी बैठक आज बस्दै

Breaking News राजनीति समाचार
  • 11
    Shares

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो ।

यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् । पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताइन।

बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी उनले गरिन । कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ ।


  • 11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *