यदी आफ्नो सुझावअनुसार अगाडि बढेमा पार्टीको विवाद तत्कालका लागि अन्त्य हुने – वामदेव गौतम

Breaking News राजनीति समाचार
  • 34
    Shares

काठमान्डौ।

नेपालको बर्तमान राजिनिती को परिपेक्ष लाई नियालेर हेर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको विमतिले गर्दा पार्टी भित्र चर्का-चर्की बढी रहेको अवस्थामा पार्तीका उपाध्यक्ष वामदेव गौतमले समस्या र बिबाद सुल्झ्याउन मध्यमार्गी उपायसहितको छ बुँदे सुझाव पेश गरेका छन । आफ्नो सुझाव सार्वजनिक गर्दै यदी आफ्नो सुझावअनुसार अगाडि बढेमा पार्टीको विवाद तत्कालका लागि अन्त्य हुने दावी गर्दछन ।

नेता गौतमले दिनुभएको सुझावमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ । त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनन्दिन काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्दा सरकारले पार्टीको सचिवालय मार्फत परामर्श गर्नुपर्ने सुझाव नेता गौतमको छ ।

सोहीअनुसार पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शका आधारमा मन्त्रीपरिषद पुनरगठन तथा अन्य राजनीतिक तथा संवैधानिक नियुक्ती गरिनुपर्ने, संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व पार्टी सचिवालयमा परामर्श गरिनुपर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गरिनुपर्ने र पार्टीका सबै बैठकहरु अवदेखि पार्टी कार्यालयमा गर्नुपर्ने सुझाव उपाध्यक्ष गौतमको छ ।


  • 34
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *