श्री हरि विष्णुजी को पूजा विधान

धर्म दर्शन
  • 485
    Shares

श्री हरि विष्णुजी 

गुरुवार यानि बिहिबारको व्रत लाई निकै फलदायी मानिन्छ। बिहिबारको दिन श्री हरि विष्णुजी को पूजा गर्ने विधान छ। यो दिन धेरै जसो बृहस्पतिदेव र केलाको बोटको पनि पूजा गर्दछन।बृहस्पतिदेवलाई बुद्धिको कारक पनि भनिन्छ। केलाको बोटलाइ हिन्दू धर्मानुसार पवित्र मानिन्छ। बृहस्पतिवारको दिन भगवान विष्णुको पूजा गरिन्छ।

अग्नि पुराणको अनुसार बिहिबारको व्रत अनुराधा नक्षत्र युक्त बिहिबारबाट आरंभ गरेर लगातार ७ बिहिबार गर्नु पर्दछ। पूजा पश्चात कथा सुननु पर्दछ। यो दिन पहेलो वस्त्रों, पहेलो फल को प्रयोग गर्नु पर्दछ। मान्यतानुसार यो दिन एक पटक बिना नुनको पहेलो भोजन गर्नु पर्दछ। भोजनमा चनाको दालको पनि प्रयोग गर्न सक्नु हुन्छ।

यसरी गरौ पुजा

यो दिन् बिहान उठेर भगवान विष्णुको ध्यान गरौ, त्यसपश्चात पहेको फल, पहेलो फूल, पहेलो वस्त्रले भगवान बृहस्पतिदेव र विष्णुजी को पूजा गर्नु पर्दछ। प्रसादको रूपमा केलाको प्रसाद् चडाउनु शुभ मानिन्छ। पहेलो वस्त्र धारण गरौ र पहेलो रङको आसनमा गुरु बृहस्पतिको प्रतिमालाई राखेर देवगुरुको चार भुजाधारी मूर्तिलाइ पंचामृत स्नान यानि दही, दुध, शहद, घी, शक्करले स्‍नान गरौ।

त्यसपश्चात गंध, अक्षत, फूल, चमेलीको फुलले पूजा गरौ। पहेको वस्तु जस्तै चनाको दालबाट बनेको पकवान, चना, गुड़, हल्दी या पहेलो फलको भोग लगाऔ। बृहस्पति मंत्र ऊँ बृं बृहस्पते नम: को मन्त्र र बृहस्पतिको आरति गरौ बेलुका पनि बृहस्पतिवारको कथा सुनौ र बिना नुनको भोजन गरौ।

बिहिबारको यी कार्य गर्नुहोस् शुभफल प्राप्त हुन्छ

भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्।

केरा दान गर्नुहोस् ।

सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।

पहेँलो वस्तु दान गर्नुहोस् ।


  • 485
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *